हैन यो गैडा, हैन जेव्रा यो
हैन यो हात्ति, हैन जरायो
पाटे बुट्टे लामकाने
चकचके फुच्चे खरायो ।।
जगदिश खड्का
कक्षाः नौ
श्री सरस्वती माध्यमिक विद्यालय, सानागाउँ, डोटी
गाँजर खान्छ फुच्चेले
रिसले गालि गरेझैँ
खायर टन्न अघाय
पल्टन्छ साँचै मरेझै
आइज यता भन्यो कि
उता तिर कुद्ने यो
खोरमा थुनु भन्यो कि
करेसामा पुग्ने यो ।।
बुर्कसि मात्रै मार्ने यो
राम्ररी हिड्न नजान्ने
आफ्नो मनले कुद्ने यो
भनेको मान्दै नमान्ने ।।
बिरालोको डर लाग्छ
छोडेर कतै जाउँ भने
लाग्छ माया फुच्चेको
भुटि भाटि खाउँ भने
हैन यो गैडा, हैन जेव्रा यो
हैन यो हात्ति, हैन जरायो
पाटे बुट्टे लामकाने
चकचके फुच्चे खरायो ।।