धनगढी, कैलाली
संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुदुर पश्चिम प्रदेश र जिल्ला कार्य समिति कैलालीले शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै संयुक्त सडक र्याली निकालेको छ । शनिबार इष्टुले धनगढीको पार्कमोडमा सडक र्याली निकालेको हो । शिक्षकको मर्कामा सरकार वा स्कुलका संस्थापक र संचालकले चाडैं विचार गरेर तलब निकासा गर्नु पर्ने र विगतमा भ्एका विभिन्न सहमतिहरु तुरुन्त कार्यन्वयन हुनुपर्ने आफ्नो माग रहेको र्यालिमा सहभागि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले बताए ।
लकडाउन खुलेको लामो समय भएर संस्थागत विद्यालयले विद्यार्थि भर्ना कार्यक्रम सुरु भएपनि विद्यालयहरुले आफुहरुप्रति उपेक्षित व्यबहार देखाएको ईस्टु सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष तिर्थराज अवस्थीले बताए ।
बिरोध र्यालीमा इष्टुका केन्द्रीय उपाध्यक्ष धर्मराज भट्ट, सुदुर पश्चिम प्रदेश अध्यक्ष तिर्थ राज अवस्थी, कैलाली जिल्ला अध्यक्ष शिवराज जोशी लगाएतका पदाधिकारीहरु तथा सदस्यहरु सहभागी थिए ।
यस अघि इष्टुले नगर र पालिका स्तरमा ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम गरेको थियो । र्यालीमा विभिन्न नारा अंकित व्यानर र पोष्टरहरु प्रदर्शित गरिएका थिए ।