धनगढीः आधुनिक सडक निर्माण गर्ने क्षेत्रीय सघन सहरी विकास कार्यक्रम अन्तर्गत अबको २ बर्षभित्र सुदूरपश्चिमको हाल राजधानी रहेको धनगढीका सात वटा सडक निर्माण हुने भएका छन्।
ती ७ वटा सडकको आईतबार निर्माण कम्पनी र परियोजना बिच सम्झौता गरिएको छ। गत वर्ष जेठमा टेण्डर आव्हान गरिएका सात वटा सडक गरेर १० दशमलब १ सय ८७ किलोमिटर र सोसँगै २० दशमलब चार सय ६६ किलोमिटर नालीको निर्माणका लागि क्षेत्रीय शहरी विकास परियोजना प्रमुख परिक्षीत कडरिया र कालिका कन्स्ट्रक्सन प्रालिका प्रतिनिधी प्रकाशचन्द्र खरेल बिच सम्झौता भएको हो।
यी आयोजनाका लागि ६८ करोड पाँच लाख ९८ हजार सात सय चार रुपैयाँ लागत रहेको छ। संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका सूचना अधिकारी ईञ्जिनियर श्याम बुढाथोकीले सम्झौता भएको २१ दिनभित्र निर्माण कार्यको थालनी हुने बताए।
Source: Dhangadhikhabar