धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई ललीतपुरमा रहेको मेडिसिटि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा करिब २० लाख भन्दा बढी खर्च भइसकेको र पछि रकम अभावले उपचारमा समस्या देखिन थालेपछि स्थानिय युवाहरुले मल्ललाई बचाउन रमेश मल्ल बचाउ अभियान नै सञ्चालन गरी आर्थिक संकलन गर्दै आएका थिए ।
उक्त अभियान अन्तर्गगत स्थानिय युवाहरुले २ दिनको अवधीमा करिब डेढ लाख रुपैया संकलन गरी पठाएका थिए ।
विगत १० वर्षदेखी अत्तरिया क्षेत्रमा एम्बुलेन्स चलाउदै आईरहेका मल्ल सामाजिक कार्यमा सदैव अग्रसर रहदै आएका थिए ।