सिंहदरबार सस्तो छ खुमलटार सस्तो छ ।
अरे वालकोट भन्दा वालुवाटार सस्तो छ ।।
के छ र कम्रेड काम त गरौंला नि बिस्तारै,
आजभोली गरिदिउ लटारपटार सस्तो छ ।।
यी मुर्खहरु जस्तो गरेपनी पत्याइ हाल्छन,
बेला यहि हो, जनता बटार्नुबटार सस्तो छ ।।
लेखक: डिल्ली राज भट्ट
चलाउनजाने अरुलाइ नत्र आफैलाइ मार्छ,
म हु दुबै तिर धार भएको कटार सस्तो छ ।।
आज निकाले के भो त भोलि मेरै पालो हो,