समाचार संकलनका लागि आईतबार दिउँसो कृषि मन्त्रालय पुगेका दिनेश खबरका वरिष्ठ संवाददाता कमल सावद माथि हातपात भएको छ । समाचार संकलन क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परिसरमा उनी माथि हातपात भएको हो ।
पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर हेमराज अवस्थीको कार्यकक्षमै धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले दुव्र्यवहार गर्दै हातपात गरेको उनले बताए ।
समाचार लेखेकै कारण आफूमाथि हातपात भएको सावदले बताए ।