बजेट भाषण गरेबापत उपाध्यक्षले लिईन् एक लाख रुपैयाँ


धनगढी : नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेबापत कैलालीमा पालिकाका जनप्रतिनिधिले एक लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार कैलालीको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोेले एक लाख रुपैयाँ लिएकी छिन्।

‘जानकी गाउँपालिका कैलालीले २०७५ असार ३२ गतेको गाउँ सभाको निर्णय नम्बर २० मा २०७५र०७६ को बजेट तयारी तथा बक्तव्यबापत गाउँपालिका उपाध्यक्षलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।’ महालेखाको प्रतिवेदनले भनेको छ। 

प्रदेश सभाले स्वीकृत गरेको ऐनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पारिश्रमिक पाउने व्यवस्था गरेको नदेखिएकोले त्यो रकम असुल हुनुपर्ने महालेखाले भनेको छ। 

 
/>