नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि पाँच वटा जिल्ला शून्य संक्रमित भएका जिल्ला बनेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिले सम्म पाँच जिल्लामा शून्य संक्रमित रहेको जानकारी दिए।
उनका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्लामा हाल एक जना पनि कोरोना संक्रमित छैनन्। यसअघि ती जिल्लामा देखिएका संक्रमित उपचारपछि निको भएका हुन्।
यसैगरी, पाँच सयभन्दा बढी संख्यामा संक्रमित भएका जिल्ला ६ वटा रहेका छन्। जसमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेको प्रवक्ता गौतमले जानकारी दिए।