स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय ६७ संक्रमितहरु थपिएका हुन। यो सङ्गै कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ।
कोरोना जितेर बिहीबार दुई सय १३ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना संक्रमण निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ ।
यस्तै अहिले सम्म कोरोनाका कारण नेपालमा ३९ जनाले ज्यान गुमाएका छन ।