जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार म १ प ७५५७ नम्वरको मोटरसाईकलमा सवार बैतडी घर भई कृष्णपुर नगरपालिका वडा नम्वर ४ बस्दै आएका ६० बर्षीय पदमराज भट्टको मृत्यु भएको छ। आज दिउसो साढे १ बजे गुलरियाबाट गोदावरी आर्यघाटका लागि शव यात्रा सुरु हुने परिवारका सदस्यले जानकारी दिएका छन्। यस्तै सोही मोटरसाईकलका चालक राजेन्द्र भट्ट पनि गम्भिर घाईते भएका छन्।
उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले बताए। से ५ प २१४४ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिकाकी देवकी ठगुन्ना पनि घाईते भएकी छिन्। उनको धनगढीमा उपचार भईरहेको छ भने सोही मोटरसाईकलका चालक धनवहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतक भट्ट एक पूर्व शिक्षक हुन ।