फर्केर हेर्दा: कलावती उपाध्याय

फर्केर हेर्दा- कविता 

✎कलावती उपाध्याय
       धनगढी, कैलाली 

कुनै खास पुस्तकका पानाभन्दा 
परिस्थिती  भोगाइका पानाहरुबाट 
अथाह ज्ञान र अनुभव समेट्ने 
यो जीवनले धेरै सिकायो
जिउन सहज बनाउने पाठहरु



कुनै खास हुँदो हो त राज हुँदो हो
सोचे जस्तै एकनास हुँदो हो
रहर भन्दा बाध्यतामा जिउनेहरुको भिडमा
थुप्रै भेटिन्छ्न अतितका काहानी 
भत्केका मन 
निसास्सिएका सपनाहरु


प्रेममा अडेको छ दुनिया भन्नेहरु 
किन प्रेमको नाममा भत्किन्छन 
कहिल्यै बन्न नसक्ने गरि 
अरुलाइ सान्त्वनाको  बर्षा गराउन सक्ने मन
किन आफैँ पर्दा पछाडी गह भिझाउँछ


अरुलाइ प्रेरणाको स्रोत बनेको ब्यक्ती पनि                                       
आफ्नै मनमा कुन्ठित प्रश्नको उत्तरमा                                         
भौँतारिन कहिल्यै छोडेन
हरेक समय हरेक परिस्थितीमा
जतिसुकै सफलता र खुशी मिलेपनी 
के कसरी कता किन कहिले 
हरेक प्रश्नबाचक चिन्हले
मानिस  अतालिदो रहेछ

फर्केर हेर्दा 
कुनै मोडमा पनि  सन्तुष्टि भेट्न आएन 
तर पनि 
मीठो अनुभव र महत्वपुर्ण ज्ञान
सरल तरिकाले हाँसिल भएको छ कि 
आनन्द खुशी र सन्तुष्टि 
मान्नुपर्छ 
आउने चिज होइन रहेछ

लेखक उपाध्याय  कुशल शिक्षिका तथा साहित्यकार हुन ।

 
/>