आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेसन सुरु


सूचना प्रविधि क्षेत्रमा सन् २०१६ देखि सुरु भएको अवार्ड, आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) यही ८ असारदेखि सुरु  हुने भएको छ । 

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन १६ साउनसम्म खुला रहने जनाइएको छ । 

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड यस वर्षदेखि थप गरिएको संयोजक राजन लम्सालले बताए । 

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरू इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । 

यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । 

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेसन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । 

 
/>