सार्वजनिक सवारी चल्न केहि खुकुलो तर भाडा भने ५० प्रतिसत बढी


लक डाउनका कारण झण्डै तिन महिना बढि समय देखि ठप्प रहेका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ।


मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए।

अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने सवारी एक अर्का जिल्लामा जान पाउनेछन् ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले बताए ।

सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेकोभन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो ।

त्यस्तै, ट्याक्सीमा चालकबाहेक दुईजनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ । 

एकै परिवारको भए पाँच वर्षमुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएको छ । निजी सवारीसाधन र मोटरसाइकलमा समेत सोहीअनुसार हुने खतिवडाले जानकारी दिए ।  

सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारीसाधनभित्र सामाजिक दूरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।

भोलिदेखि नै मापदण्ड पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने मन्त्री खतिवडाले जानकारी दिए ।

 
/>