बकवास बन्द गर्न भारतीय सञ्चार माध्यमलाई नेकपा प्रवक्ताको चेतावनी



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’


यता हेर्नुहोस

 
/>