(कविता)कोहि नदेखियुन
पोहर र यसपालीमा
कती फरक छ हगी?
बाबा न्याउरो बिरालोलेझै
आँगनमा राखेको पुरानो
जामुनको लिस्नो नङ्ग्राले
कोतर्दै मुरमुरिदासमेत
कति शान्त कति शौम्य!
हेरिरहुँ लाग्ने।
तिर्थ भट्ट
ऋतुहरु अचानक रित्तिए
भरिए फेरि रित्तिए।
सम्वतले एकपल्टमात्र
श्वास फेरेको हुनुपर्छ
सलहको आँधिबेहरिले
तिमी बस्ने कित्ताको
आधा मुटु ठोक्र्याईसकेपछि
भाइरल भएको हो यो जिन्दगि।
नत्र आफु त
सरकारले हबल्दार नपत्याएको मान्छे
मान्छेले मान्छे नमानेको मान्छे
दिन दुइगुणा र राती चौगुणा नफैलिने मान्छे
यो देशको किताब र कानुनसित
कहिल्यै छक्का पन्जा
जानेको मान्छे होइन म
माफ गर्नुस्।
बरु भन्नु छ सरकार !
हरदिन यसरि नै लाखौ सपनाहरु
जातोमा पिसिन्छन भने
तिम्रा रिती(स्थिती , भाषा,भेष,
जाती,परम्परा मुल्य र मान्यताहरुदेखि टाढा
मलाइ बस्न मन छ निर्जन वनमा
सुदुर अझै दुर क्वारिनटाईनमा।
यि न्यायधिशहरुदेखि पर आइसोेलेसनमा।
जहाँबाट,
जमुनाको अनउत्तरित सिऊँदो देखिदैन।
रिठेका जनयुध्दका अनाथहरु देखिदैनन्।
कोहि नदेखियुन।