उनका अनुसार संक्रमण पुष्टि भएका ४० जना शिखर नगरपालिका वडा नंम्बर ५, ७, ८ र १० का क्वारेन्टिनमा रहेका छन् । पुष्टि भएका सबै केही दिन पहिले भारतबाट आएर क्वारेन्टिनमा रहेका स्वास्थ्य प्रमुख मलासीले बताए ।
आज ४० जना थपिए संगै डोटीमा संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । स्वास्थ्य प्रमुख मलासीका अनुसार यी मध्य ५ सय ३७ जना संक्रमित निको भएर घर फर्किसकेका छन।आज थपिएका ४० जना र यस अघिका ८ जना मात्र अस्पताल र स्थानीय तहका आईसोलेशनमा रहेको स्वास्थ प्रमुख मलासीले बताए।