देशका सात वटै प्रदेशमध्ये सबैभन्दा बढी कोरोना भाईरसका एक्टिभ केश सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। जम्मा कोरोना संक्रमितको संख्या सुदूरपश्चिम भन्दा प्रदेश २ र प्रदेश नम्वर ५ मा भएपनि सबैभन्दा बढि एक्टिभ केश भने सुदूरपश्चिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका सातै प्रदेशमध्ये सुदूरपश्चिममा सबैभन्दा बढि एक्टिभ केश अर्थात निको नभएका कोरोना संक्रमितको संख्या बढि रहेको छ। सरकारको नियमित प्रेस विफ्रिङमा सुदूरपश्चिममा एक्टिभ कोरोना संक्रमित नेपालमा सबैभन्दा बढि अर्थात दुई हजार नौँ सय ६२ जना रहेको डाक्टर गौतमले बताए।
उनले नौँ सय ३८ जना संक्रमित भने डिस्चार्ज भईसकेको जानकारी दिए। उनका अनुसार प्रदेश १ मा एक ९६ जना, प्रदेश २ मा दुई हजार २४ जना, बाग्मती प्रदेशमा चार सय २९ जना, गण्डकी प्रदेशमा ८ सय ६२ जना, प्रदेश ५ मा एक हजार सात सय २७ जना र कर्णाली प्रदेशमा चार सय ५ जना एक्टिभ कोरोना संक्रमित छन्।
सुदूरपश्चिममा भने कोरोना संक्रमितको संख्या तीन हजार ९ सय ६ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ८ जना, अछामका ६ सय २४, बाजुराका ६ सय १५, डोटीका पाँच सय ७७, कञ्चनपुरका चार सय ४३ जना, डडेल्धुराका दुई सय ८०, बैतडीका दुई सय ७४, बझाङ एक सय ६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ।