संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु)को २९ सदसिय गोदावरी नगर कार्यसमिति गठन


कैलाली जिल्लाको गोदावरी नगरपालिकामा संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) को नगर कार्यसमिति गठन गरिएको छ । कैलालीका जिल्ला अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा बसेको भेलाले समीर महराको नेतृत्वमा २९ सदस्य समिति गठन गरेको छ ।

जसमा उपाध्यक्षमा मीन मल्ल, कोषाध्यक्ष प्रेम बिक, सचिवमा जयराज जोशी चयन भएका छन् । कोरोनाको कहरको जोखिम मोलेर भए पनि गोदावरी नगर कार्यसमिति गठन गरेको कैलालीका जिल्ला अध्यक्ष शिवराज जोशीले बताए ।

यसै विच, चैत्र महिना देखि नेपालमा लागु गरिएको लकडाउनका कारण, पछिल्लो छ/सात महिना देखि संस्थागत बिध्यालयमा कार्यरत शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गर्दै आयका छन्। उनीहरुले देशब्यापि रुपमा संजालको विस्तार गर्दै संजाल बलियो बनाउदै लैजाने र आफुहरुको निकासा रोकिएको तलब निकासा गर्न समेत माग गर्ने गरेको बताएका छन्
बन्दाबन्दीका कारण आफुहरुको तलब निकासा नहुदा निकै समस्यामा परेको उनीहरुको गुनासो छ । यस्तो बिसम परिस्थितिमा पनि तलब रोकेर शिक्षक कर्मचारीमाथि निजि बिद्यालय संचालकहरुले लाचार व्यबहार देखाएको उनीहरुको गुनासो छ





 
/>