गजल

 ✎भुपिसिंह धामी,
धनगढी, कैलाली

बगरको ढुंगाले मात्र बुझ्न सक्छ नदि बहाबको पीडा
त्यसरी मैले बुझ्न सक्छु तिम्रा शब्द र जवाबको पीडा !!
श्रीमान!तिमी श्रीमान हौ, अनुमान मात्र गर्न सक्छौ
मैले महिनौ जसो बगाइरहने रक्तस्राबको पीडा !!




एक समय थियो हासो खुशी उमङग सबै सबै थियो
अहिले सबैतिर भोगिरहेछु अभाबै अभाबको पीडा !!
हर समय स्वार्थका पछि मात्र किन लागि रहन्छौ
कहिले त बुझ्ने गर मेरो माया अनि लगाबको पीडा!!
उनी आमा हुन मुख हेरेर सजिलै बुझ्न सक्छिन
मेरो हासो पछिको खुशी अनि तनाबको पीडा !!
लेखक धामी लिटल फ्लावर बोर्डिंग हाई स्कुलका भाइस प्रिन्सिपल हुन्

 
/>