२४ भदौ , डडेल्धुरा
शिक्षा विकास तथा समन्वय ईकाई डडेलधुरामा दुईबुँदे माग सहित तालाबन्दी गरिएको छ । डडेल्धुरा जिल्लाका सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफुहरूको तलब निकासा सहितका माग राखि तालाबन्दी गरेका हुन । शिक्षण सिकाई अनुदानको रकम निकासा नगरिएकोले सोहि विषयमा गत साउनमा शिक्षा ईकाईमार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाउदा हालसम्म कुनै प्रतिक्रिया जानाईएको छैन । पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण बुझाउदा पनि आफुहरूका मागहरूको वेवास्था गरिएकोले आफुहरू बाध्य भएर आन्दोलन मा जानुपरेको अनुदान शिक्षक समित डडेल्धुरा का संयोजक केशव बहादुर साउद ले बताउनुभयो ।
सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी , गणीत र विज्ञान शिक्षकको अभाव परिपुर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरवन्दि भएका विद्यादयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरेको छैन ।
निजि क्षेत्रलाई कर्मचारी को रोजगारी नखोस्न निर्देशन दिईरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन । निकासा सम्बन्धि कुनै जानकारी पनि दिईएको छैन । त्यसैले आफुहरू नियमसँगत रूपमा नियुक्त भएको र कुनै पनि हालतमा आफुहरूलाई रोजगारबाट बञ्चित गराउन नहुने आफुहरूका मागहरूप्रति सरकारले कुनै प्रतिक्रिया नदेखाएको भन्दै आफुहरू आन्दोलनमा गएको साउदले बताए ।
एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफुहरूको तलबको कुनै टुंगो नलागेकोले आफुहरू विभिन्न माग राखि आन्दोलन गर्न बाध्य भएको उनले बताए ।