TEK RAZ

A Personal Blog

Mr. Tek Raz

Content Creator

Knowledge

A weapon to lead the success.

Mount Everest

The Pride of Nepal

Khaptad Naional Park

The glory of Sudur Paschim Province, Nepal.

वाल कविताः चकचके फुच्चे खरायो


हैन यो गैडा, हैन जेव्रा यो 

हैन यो हात्ति, हैन जरायो 

पाटे बुट्टे लामकाने 

चकचके फुच्चे खरायो ।। 

जगदिश खड्का 

कक्षाः नौ

श्री सरस्वती माध्यमिक विद्यालय, सानागाउँ, डोटी 

गाँजर खान्छ फुच्चेले 

रिसले गालि गरेझैँ 

खायर टन्न अघाय

पल्टन्छ साँचै मरेझै 


आइज यता भन्यो कि 

उता तिर कुद्ने यो 

खोरमा थुनु भन्यो कि 

करेसामा पुग्ने यो ।। 

बुर्कसि मात्रै मार्ने यो 

राम्ररी हिड्न नजान्ने 

आफ्नो मनले कुद्ने यो

भनेको मान्दै नमान्ने ।।

बिरालोको डर लाग्छ 

छोडेर कतै जाउँ भने 

लाग्छ माया फुच्चेको 

भुटि भाटि खाउँ भने 

हैन यो गैडा, हैन जेव्रा यो 

हैन यो हात्ति, हैन जरायो 

पाटे बुट्टे लामकाने 

चकचके फुच्चे खरायो ।। 


विश्वमा राजतन्त्र र गणतन्त्रको अवस्था

विश्वमा  राजतन्त्र र गणतन्त्रको अवस्था

       भुवनेश्वर उपाध्याय

विश्वको जनसंख्याले सात अर्वको आँकडा नाघिसकेको छ । यो तथ्याङ्कमा पनि राजतन्त्रले ओगटेको जनसंख्या मात्रै पैंचालिस करोड छ । जसमध्ये संबैधानिक राजतन्त्र भएका देशहरुकोे जनसंख्या एकचालिस करोड र सक्रिय राजतन्त्र भएका देशहरुको जनसंख्या छ करोड मात्र छ ।
 
यसै तथ्याङ्कलाई आधार मान्दामात्रै करिव नब्बे प्रतिसत देशमा गणतन्त्र, नौ प्रतिसतमा संबैधानिक राजतन्त्र र एक प्रतिसत देशमा मात्र सक्रिय राजतन्त्र छ । 


कुनैदिन राजतन्त्र बिश्वब्यापि थियो । आजको अवस्थामा पुग्दा करिव अस्थाईसकेको छ । हिजो ढुङ्गेयुग,दाशयुग,सामन्तियुगको बेलामा त्यहि प्रकारको प्रणालि थियो । यो सभ्य समाज र बिधिको युग हो,गणतन्त्र सबैभन्दा उत्कृष्ट ब्यवस्था हो सासक वा पात्रका कारण निरासा देखियो । 


पात्र दुरदर्शि, बहुआयामिक ईच्छासक्ति, माटोको माया गर्ने, जनताको पिडा बुझ्न नसक्ने भएका कारण आम सर्वसाधारणमा निरासा छाएको देखिन्छ । छिमेकि राष्ट्र भारतमा अन्नहजारे, बिहारमा नितीसकुमार, गुजरात मोदि लगायतको लोभलाग्दो जनतामुखि राजनितिक अभ्यासका कारण उनिहरुप्रतिको आकर्षण घट्न सकेको छैन् । असल राजनितिक अभ्यासको पाठ सिक्न यि र यस्तै थुप्रै उदाहरण छन् । 


आज हामीले कैयौं युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकेनौ जसको परिणम स्वरुप दिनहुँ हजारौँ युवााहरु बिदेशिदैछन् । उत्पादन निर्यात गर्नुपर्नेमा युबा शक्तिलाई बिश्वबजारमा कामको लागि सम्झोेैता गरिदैँछन्, उत्पादनसील फाँटहरु बाझिदैछन, घरहरु बृद्धाश्रम हुदैछन, र यो देश गैर नेपालिको कृडा क्षेत्र बन्दैछ ।


आफ्ना माग सम्बोधन नभएको भन्दै ईस्टु सुदुर पश्चिमले निकाल्यो बिरोध प्रदर्शन र्याली

धनगढी, कैलाली 

 संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुदुर पश्चिम प्रदेश र जिल्ला कार्य समिति कैलालीले  शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै संयुक्त सडक र्याली निकालेको छ ।  शनिबार इष्टुले धनगढीको पार्कमोडमा सडक र्याली निकालेको हो । शिक्षकको मर्कामा सरकार वा स्कुलका संस्थापक र संचालकले चाडैं विचार गरेर तलब निकासा गर्नु पर्ने र विगतमा भ्एका विभिन्न सहमतिहरु तुरुन्त कार्यन्वयन हुनुपर्ने आफ्नो माग रहेको र्यालिमा सहभागि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले बताए । 


 लकडाउन खुलेको लामो समय भएर संस्थागत विद्यालयले विद्यार्थि भर्ना कार्यक्रम सुरु भएपनि विद्यालयहरुले आफुहरुप्रति उपेक्षित व्यबहार देखाएको ईस्टु सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष तिर्थराज अवस्थीले बताए । 


बिरोध र्यालीमा इष्टुका केन्द्रीय उपाध्यक्ष धर्मराज भट्ट, सुदुर पश्चिम प्रदेश अध्यक्ष तिर्थ राज अवस्थी, कैलाली जिल्ला अध्यक्ष शिवराज जोशी लगाएतका पदाधिकारीहरु तथा सदस्यहरु सहभागी थिए ।


यस अघि इष्टुले नगर र पालिका स्तरमा ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम गरेको थियो । र्यालीमा विभिन्न नारा अंकित व्यानर र पोष्टरहरु प्रदर्शित गरिएका थिए । 

विभिन्न पुरस्कारद्वारा सम्मानित हुदै ११ श्रष्टाहरु

 काठमाण्डौं


श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ जना श्रष्टाहरुलाई सम्मान गरिने भएको छ ।  यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल) लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदीपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।


यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कृत श्रष्टाहरु ५ जना महिला श्रष्टासहित ७ वटै प्रदेशका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरि जनही रु २० हजार पुरस्कार राशीसहित पुरस्कृत श्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र श्रष्टा सम्मानलाई अभियानको रुपमा अघि सारेको छ ।

यो समाचार रातो पाटि डट कम बााट साभार गरिएको हो

स्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा गोदावरी प्याबसनद्धारा विद्यालय संचालन गर्न माग



 अत्तरीया

गोदावरी प्यावसनले स्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा विद्यालय सञ्चालन गर्न अनुमति दिन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदसँग माग गरेका छन् । अनलाइन कक्षाका लागि सबै अभिभावकहरुसँग मोबाइल, कम्प्युटर र इन्टरनेटमा पहुँच नरहेका कारण प्याबसनले स्वास्थ्य मापदण्ड सहित विद्यालय सञ्चालन गर्न माग गरेका हुन । 

गत असार देखि यस क्षेत्रका केही विद्यालयहरुले अनलाइन कक्षा सञ्चालनको प्रयास गरेपनि सबै विद्यार्थीहरुको पहुँच नभए पछि निरन्तरता पाउन सकेन । कोरोना महामारीका कारण विगत छ महिना देखि विद्यालय पठनपाठन बन्द रहेका छन् । 

कार्यक्रममा बोल्दै गोदावरी प्यावसनका अध्यक्ष मान बहादुर चन्दले तह अनुसार पालैपालो कक्षा सञ्चालन गर्न सके मात्रै प्रभावकारी सिकाइ हुने अन्यथा यस शैक्षिक सत्रको सिकाइ खेर जान सकिने बताए । यस्तै, प्याबसन प्रदेश सदस्य धर्मदेव नौन्यालले लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यालय लगायत शिक्षक कर्मचारीहरुको अवस्था दयनीय रहेको शिघ्र निकास दिन नगर प्रमखसँग माग राखेका  छन् । 



अर्थविद गिरीराज कडायतले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको संस्थागत विद्यालयहरुलाई चलायमान बनाउन सके मात्र आर्थिक तथा शैक्षिक दुबै क्षेत्रको दिगो विकास हुन सक्ने बताए । त्यसै गरी केन्द्रिय उपाध्यक्ष जगवीर थापाले स्थानीय सरकारको सहयोग र सहकार्यले मात्र निजि विद्यालयहरुले प्रभावकारी शिक्षा दिन सक्ने हुनाले यस संकटको घडीमा चाँडो निकास दिनुपर्ने माग गरेका हुन । 

नगर प्रमुख साउँदले शिक्षा शाखा लगायतका सरोकारवालहरुसँगको सामुहिक छलफल मार्फत अगाडी बढ्न सकिने जानकारि दिए । उनले संघीय सरकारले दिएको निर्देशिका बमोजिम सिकाइलाई निरन्तरता दिन सामुदायिक तथा निजि विद्यालयहरुलाई अनुरोध समेत गरेका हुन ।


प्याबसन नगर कमिटीका अध्यक्ष मान बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमलाई नगर कमिटी सचिव श्याम खत्रीले सहजीकरण गरेका थिए ।  

अनुदान शिक्षकको तलब निकासा हुनुपर्ने माग गर्दै शिक्षा ईकाई डडेल्धुरामा तालाबन्दी


२४ भदौ , डडेल्धुरा 

शिक्षा विकास तथा समन्वय ईकाई डडेलधुरामा दुईबुँदे माग सहित तालाबन्दी गरिएको छ । डडेल्धुरा जिल्लाका सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफुहरूको तलब निकासा सहितका माग राखि तालाबन्दी गरेका हुन । शिक्षण सिकाई अनुदानको रकम निकासा नगरिएकोले सोहि विषयमा गत साउनमा शिक्षा ईकाईमार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाउदा हालसम्म कुनै प्रतिक्रिया जानाईएको छैन । पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण बुझाउदा पनि आफुहरूका मागहरूको वेवास्था गरिएकोले आफुहरू बाध्य भएर आन्दोलन मा जानुपरेको अनुदान शिक्षक समित डडेल्धुरा का संयोजक केशव बहादुर साउद ले बताउनुभयो । 


सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी , गणीत र विज्ञान शिक्षकको अभाव परिपुर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरवन्दि भएका विद्यादयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरेको छैन । 

निजि क्षेत्रलाई कर्मचारी को रोजगारी नखोस्न निर्देशन दिईरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन । निकासा सम्बन्धि कुनै जानकारी पनि दिईएको छैन । त्यसैले आफुहरू नियमसँगत रूपमा नियुक्त भएको र कुनै पनि हालतमा आफुहरूलाई रोजगारबाट बञ्चित गराउन नहुने आफुहरूका मागहरूप्रति सरकारले कुनै प्रतिक्रिया नदेखाएको भन्दै आफुहरू आन्दोलनमा गएको साउदले बताए । 

एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफुहरूको तलबको कुनै टुंगो नलागेकोले आफुहरू विभिन्न माग राखि आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ परिवर्तन

 



२२ भदौ, काठमाडौं । 

अब फरक/फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ ।

यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ले हाल कार्यान्यवनमा रहेका विभिन्न सर्ट कोड र टोल फ्रि नम्बरको व्यवस्थापन गर्ने व्यवस्था गरेको हो ।

अहिले सेवा प्रदायकपिच्छे फरक कोडहरु प्रयोग हुने गरेका छन् । अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने गरी कार्यविधि आएको छ ।

अब ६ महिनाभित्रै सबै सेवा प्रदायकले ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ ।

सेवाप्रदायकअनुसार फरक(फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले बताए । धेरै सेवा प्रदायकलाई फरक(फरक सर्ट कोड दिनु पनि उपयुक्त नभएको प्राधिकरणको ठहर छ ।

अहिले प्रयोगकर्तालाई बानी पार्न नयाँ र पुरानो दुबै कोड प्रयोगको अनुमति पनि कार्यविधिले दिएको छ ।

एक वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । र, हाल कार्यविधिले व्यवस्था गरेका कोडमात्रै प्रयोगमा आउनेछन् ।

टोल फ्रिको छुट्टै व्यवस्था

त्यसैगरी जानकारीमूलक सेवा प्रदान गर्न चलाइएका टोल फ्रि नम्बर सम्बन्धी व्यवस्थामा पनि हेरफेर भएको छ  । आफ्ना ग्राहक तथा सेवाग्राहीलाई निःशुल्क फोनको सुविधा दिने गरी प्रयोगमा आएका टोल फ्रि नम्बरहरु पनि अब एकै खालको नम्बरिङ प्रणालीमा रहने भएका छन् ।

हाल नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल फ्रि नम्बर उपलब्ध गराउँछ ।

अब सेवा प्रदायकले १८०० बाट सुरु हुने गरी यस्तो नम्बर दिनुपर्नेछ । जुन १० अंकका हुनेछन् ।

१८०० पछि एउटा नम्बर सेवा प्रदायक छुट्टिने कोड राखिने र बाँकी युनिक सब्स्क्राइभर नम्बर रहनेछन् । यो नम्बर प्रयोग सबै सेवाप्रदायकका टेलिफोन प्रयोगकर्ताले उपयोग गर्न पाउने छन् ।

अहिले फरक सेवा प्रदायकबाट टोल फ्रि सुविधा लिन पाइँदैन । अब भने एनसेलबाट टेलिकम वा टेलिकमबाट एनसेल दुबै खालका टोल फ्रिमा फोन गर्न सकिनेछ ।

यो व्यवस्थाले सेवा प्रदायकले सेवाप्रदायकअनुसार छुट्टै टोल फ्रि नम्बर लिनु पर्ने बाध्यता हट्नेछ । यो व्यवस्था पनि एक वर्षभित्र लागू हुनेछ । अब हाल चलिरहेका टोल फ्रि नम्बरलाई नयाँ कोड लिएर परिमार्जन गर्नुपर्नेछ ।

अंकअनुसार फरक सेवा

हाल ४ अंकको सर्ट कोड प्रयोग गर्दै आएका निजी क्षेत्रका सेवप्रदायकले आगामी फागुनभित्र १० अंकको टोल फ्रि नम्बर लिन लिनुपर्ने छ । टोल फ्रिको महशुल प्राधिकरणले तोके अनुसार लिइने भएको छ ।

अब ३ अंकको सर्ट कोड अत्यावश्यक र आकस्मिक सेवालाई मात्रै उपलब्ध हुनेछ । प्रहरी, बारुणयन्त्र, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा दिने संस्थालाई मात्रै ३ अंकको सर्ट कोड दिइने छ । चार अकंको सर्ट कोड सरकारका विभिन्न निकाय एवम् संवैधानिक निकायहरुले मात्रै पाउने छन् ।

त्यसैगरी हाल चार अंकको सर्ट कोड बाट प्रयोग भइरहेका एसएमएस, आइभीआर, यूएसएसडीलगायतका अन्य सेवाहरुलाई ५ अंकको सर्ट कोडमा रुपान्तरण गर्नुपर्नेछ ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई एक महिनाभित्र आफूले प्रयोग गरिरहेको सर्ट कोड र टोल फ्रि नम्बरको सबै विवरण उपलब्ध गराउन पनि भनेको छ । यस्तो विवरण वर्षको दुई पटक प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान पनि ल्याइएको छ । यो समाचार अनलाइन खबर बाट साभार गरिएको हो 


यस्तो के गर्छस ए सरकार मर्ने भइयो: गजल

यस्तो के गर्छस ए सरकार मर्ने भइयो: गजल

✎डिल्लीराज भट्ट 
   जोरायल, डोटी

 यस्तो के गर्छस ए सरकार मर्ने भइयो ।
थपेर लकडाउन बारबार मर्ने भइयो ।।




जति लकडाउन अनि निषेधाज्ञा गरेपनी,
बढिरहेछ कोरोनाको आकार मर्ने भइयो ।।


न काम छ, न बाहिर निस्कननै पाइन्छ,
प्रत्यक दिन भएर दिक्दार मर्ने भइयो ।।


एक मजदुर भन्दै थियो केहि दिन पछि,
आउनेछ म मरेको समचार मर्ने भइयो ।।


परदेशि छोराले आमालाई फोनमा भन्यो,
मनाउन पाइन्नकी दशै तिहार मर्ने भइयो ।।

फर्केर हेर्दा: कलावती उपाध्याय

फर्केर हेर्दा- कविता 

✎कलावती उपाध्याय
       धनगढी, कैलाली 

कुनै खास पुस्तकका पानाभन्दा 
परिस्थिती  भोगाइका पानाहरुबाट 
अथाह ज्ञान र अनुभव समेट्ने 
यो जीवनले धेरै सिकायो
जिउन सहज बनाउने पाठहरु



कुनै खास हुँदो हो त राज हुँदो हो
सोचे जस्तै एकनास हुँदो हो
रहर भन्दा बाध्यतामा जिउनेहरुको भिडमा
थुप्रै भेटिन्छ्न अतितका काहानी 
भत्केका मन 
निसास्सिएका सपनाहरु


प्रेममा अडेको छ दुनिया भन्नेहरु 
किन प्रेमको नाममा भत्किन्छन 
कहिल्यै बन्न नसक्ने गरि 
अरुलाइ सान्त्वनाको  बर्षा गराउन सक्ने मन
किन आफैँ पर्दा पछाडी गह भिझाउँछ


अरुलाइ प्रेरणाको स्रोत बनेको ब्यक्ती पनि                                       
आफ्नै मनमा कुन्ठित प्रश्नको उत्तरमा                                         
भौँतारिन कहिल्यै छोडेन
हरेक समय हरेक परिस्थितीमा
जतिसुकै सफलता र खुशी मिलेपनी 
के कसरी कता किन कहिले 
हरेक प्रश्नबाचक चिन्हले
मानिस  अतालिदो रहेछ

फर्केर हेर्दा 
कुनै मोडमा पनि  सन्तुष्टि भेट्न आएन 
तर पनि 
मीठो अनुभव र महत्वपुर्ण ज्ञान
सरल तरिकाले हाँसिल भएको छ कि 
आनन्द खुशी र सन्तुष्टि 
मान्नुपर्छ 
आउने चिज होइन रहेछ

लेखक उपाध्याय  कुशल शिक्षिका तथा साहित्यकार हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल माग्यो स्वयंसेवक


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वयंसेवक भइ कामकाज गर्न इच्छुक चिकित्सक, नर्स, प्यार्मेडिक्स हरुलाई फाराम भर्ना सुचित गरेको छ ।  


                 हेर्नुहोस आवेदन आह्वान सूचना यस्तो छ 


 

 
/>