विदेशमा रहेका विद्यार्थी अझै फर्किन पाएनन नेपाल

विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्न संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको एक महिना वित्दा पनि उचित व्यवस्था गरि नेपाल फर्किन इच्छुक विद्यार्थीलाइ नेपाल फर्काउन नासकिएको हो।  समितिको बैठकले विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्न पनि निर्देशन दिएको थियो ।  

'विदेशमा रहनु भएका मजदुर, विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टीन र आईसोलेसन सहित आवश्यक व्यवस्था गर्ने र विदेशमै बस्न चाहनेहरुलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नु पर्ने' समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको निर्देशन दियको थियो ।

तर, धेरै विद्यार्थीहरु अझै पनि  विदेशमा अफ्टेरोमा रहेको र सरकारले  महँगो हवाई भाडामा फर्किन भने पछी समस्यामा परेका हुन् ।


 
/>